थेसिसको Abstract के हो र यसमा के लेख्ने के नलेख्ने ?

अहिले प्राय: एमफिल र पिएचडीका विद्यार्थीहरुलाई पुरै थेसिसको काम सकिसके पछि पनि Abstract लेख्न हम्मे हम्मे पर्ने देखिएको छ। यसो हुनुमा Abstract के हो, यो कस्तो हुनुपर्ने हो र यसमा के के कुरा समावेश हुनुपर्छ भनेर आवश्यक पर्ने अवधारणा प्रष्ट नभएर नै हो भन्ने मेरो उनीहरुसंगको दशकौंको अनुभवले बताउँछ। एक त अनुसन्धान विधी पढाउने प्रोफेसरले नै यो अवधारणा उनीहरुमा प्रष्ट पारिदिनु पर्ने हो, प्रयास भएर पनि विद्यार्थीले ध्यान नदिएका पनि हुन सक्छन् । दोश्रो एमफिल र पिएचडी तहमा अध्ययन गर्ने विद्यार्थीले पनि गूगलमा यौटा क्लिक हानेर पाउने सूचनाको समेत उपयोग…