Free reading facility at TU online Library (त्रिविको अनलाइन पुस्तकालयमा निःशुल्क पढ्ने सुविधा)

TU-Central-Library

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक सकिने सुविधा दिन थालेको छ । देशकै जेठो विश्वविद्यालय अन्तर्गत रहेको केन्द्रीय पुस्तकालयले विद्यार्थीहरुका लागि निःशुल्क अनलाइन लाइब्रेरी सञ्चालनमा ल्याएको हो । पुस्तकालयले रिमोट एक्सेस प्रणालीमार्फत अनलाइनबाटै पुस्तक, डकुमेन्ट, जर्नल आदि सामग्री पढ्न सकिने व्यवस्था मिलाएको छ । जसका लागि रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयर जडान गरिएको छ । पुस्तकालयले यसका लागि ३२ लाख रुपैयाँमा बेलायतबाट सफ्टवेयर खरीद गरेको छ । त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीले समेत पुस्तकालयको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयरबाट निःशुल्क पुस्तक पढ्न पाउने छन्…