थेसिसको Abstract के हो र यसमा के लेख्ने के नलेख्ने ?

अहिले प्राय: एमफिल र पिएचडीका विद्यार्थीहरुलाई पुरै थेसिसको काम सकिसके पछि पनि Abstract लेख्न हम्मे हम्मे पर्ने देखिएको छ। यसो हुनुमा Abstract के हो, यो कस्तो हुनुपर्ने हो र यसमा के के कुरा समावेश हुनुपर्छ भनेर आवश्यक पर्ने अवधारणा प्रष्ट नभएर नै हो भन्ने मेरो उनीहरुसंगको दशकौंको अनुभवले बताउँछ। एक त अनुसन्धान विधी पढाउने प्रोफेसरले नै यो अवधारणा उनीहरुमा प्रष्ट पारिदिनु पर्ने हो, प्रयास भएर पनि विद्यार्थीले ध्यान नदिएका पनि हुन सक्छन् । दोश्रो एमफिल र पिएचडी तहमा अध्ययन गर्ने विद्यार्थीले पनि गूगलमा यौटा क्लिक हानेर पाउने सूचनाको समेत उपयोग गरेको कमै मात्र पाइयो।

Abstract के हो?
खास गरी तपाइंले गर्नु भएको थेसिसको काम ३०० शब्दमा कसैलाई बताउनु पर्यो भने तपाईं के के कुरा समावेश गर्नुहुन्छ? ता की त्यो थेसिसको बारेमा मान्छेले बुझोस् । यसो गर्दा थेसिसको उद्देश्य त पहिला बताउनै पर्यो। अनि के कस्ता अनुसन्धानात्मक प्रश्नको जवाफ तपाइंको थेसिसले खोजेको हो त? त्यसो भए अनुसन्धानात्मक प्रश्नको सारांश पनि चाहियो। अनि कसरी गर्नु भयो त अध्ययन अथवा तपाईंका अनुसन्धान विधि र ढाँचा कस्ता थिए, को थिए उत्तरदाता, कुन अनुसन्धान विधि थियो त्यो, जस्ता कुरा झनै आवश्यक भयो। यति भै सकेपछि पाठकलाई अव तपाईंको अनुसन्धानबाट के के नयाँ कुरा पत्ता लाग्यो जुन यस अगिका अनुसन्धानले त्यो रूपमा भन्न सकेका थिएनन् भन्ने कौतुहलता हुन्छ। त्यसैले आफ्नो अनुसन्धानका मुख्य Findings को सारांस लेख्नै पर्यो। यति भै सकेपछि तपाईंको थेसिसको Abstract तयार हुन्छ।
जस्तो:
१. …..विषयमा केन्द्रित यो थेसिसको मुख्य उद्देश्य…………..ती उद्देश्य प्राप्त गर्न ……………………अनुसन्धानात्मक प्रश्न थिए……………………… (करिव ५० शब्द)
२. मैले……………………अनुसन्धान विधीको प्रयोग गरेको छु……………….मेरा respondents ……….थिए…………..र ………मैले ……………….अनुसन्धानको साधन प्रयोग गरेको थिए……………(करिव १५० शब्द)
३. यो अनुसन्धानबाट मेरा अनुसन्धानात्मक प्रश्नका जवाफ यस्तो प्राप्त भएको छ……र म यो ………………निर्क्यौलमा पुगेको छु ………………………………….(करिव १०० शब्द)
यो भन्दा बढी थेसिसको Abstract ले अरु कुरा माग्दैन।
Abstract थेसिसको सारांस हो तर सवै कुराको सारांस होइन । तपाईंको Abstract यस्तो हुनुपर्छ ता कि त्यो पढेपछि मान्छेमा थेसिस खोजेर पढौं पढौं भन्ने इच्छा जागृत होओस् । अथवा तपाईको थेसिसमा मैले खोजेको कुरा छ छैन भनेर थाह पाउन आवश्यक माथि भनिएका कुरा पढेपछि मात्रै थाह हुने हो। Thesis Abstract International जस्ता स्रोतमा गएर पाठकले आफ्नो विषय क्षेत्रमा कस्ता कस्ता थेसिस लेखिएका रहेछन भनेर खोज गर्दछ र Abstract पढेर काम लाग्ने थेसिसको खोजी गर्दछ।

थेसिसको Abstract मा के लेख्ने के नलेख्ने ?
थेसिसमा Abstract लेख्दा सामान्यतया के के कुरा समावेश हुनुपर्छ भन्ने कुरा अघिल्लो पाठमा चर्चा गरियो। त्यसपछि केही विद्यार्थीले फोन गरेर र मेसेज मार्फत Abstract मा के लेख्दा गलत हुन्छ सर? भन्ने प्रश्न सोधेकाले यो छोटो पाठ तयार गरिएको छ। तल दिईएका टिप्स उपयोग गरेर हेर्नुहोस, तपाइंको Abstract गलत हुने छैन।

१. तपाईं आफैंले थेसिसको गहन काम सक्नुभएको र अनुसन्धानमा लामो समय खर्चिनु भएकोले तपाईंसँग थुप्रै शैक्षिक अनुभव छन् त्यसैले गल्ति हुन्छ कि भनेर नडराउनु होला । गल्ति भएपछि नै मान्छेले सिक्दै जाने हो।

२. अझ सरल किसिमले Abstract लेख्ने हो भने अर्को उपाय पनि छ। अहिले हामीले Social Science को थेसिस लेख्दा प्रत्येक च्याप्टरको Summary लेख्नु पर्ने हुन्छ । तपाइंको सवै च्याप्टरको Summary एक ठाउँमा ल्याउनुहोस र त्यसवाट केके महत्वपूर्ण तथ्य तान्न सकिन्छ तानेर एउटा फाइल बनाउनुहोस्।

३. यसरी बनाइएको फाईलमा तपाइंको थेसिसले प्रयोग गरेका मुख्य शब्द भने नछुटाउनु होला। किनभने थोरै शब्दमा धेरै कुरा बोल्ने खण्ड नै Abstract हो ।

४. प्रत्येक च्याप्टरको तपाइंले नै लेख्नु भएको Summary बाटै मुख्य अंश छानेर अलिकति refine गर्ने हो भने पनि Abstract तयार पार्न सकिन्छ ।

५. तर पनि अगिल्लो पाठमा भनेझैं अनुसन्धानको परिप्रेक्ष, अनुसन्धानात्मक प्रश्न, संक्षिप्त अनुसन्धान विधि, मुख्य २-३ वटा findings, र तपाइंको निर्क्यौल तयार पार्न तपाइंलाई पूरापूर भरोसा छ भने तपाईं कहिल्यै गलत हुनुहुने छैन।

६. तपाइंले पुरै थेसिस लेखिसकेर अव विश्वविद्यालयलाई बुझाउने बेला भएपछी मात्रै Abstract लेख्ने भएकोले यसमा past tense प्रयोग गर्नुहोला।

७. Voice का हिसावले कहीं कतै passive voice प्रयोग गर्न पर्ने हुन सक्छ तर पनि Active Voice प्रयोग गर्नु राम्रो मानिन्छ।

८. Simple तर Complete Sentence प्रयोग गर्नुहोला।

९. आफूले मात्रै बुझ्ने तर पाठकले नबुझ्ने Jargon प्रयोग नगर्नुहोला। बरु एक बाक्य थपेर भएपनि प्रष्ट पार्ने प्रयास गर्नुहोला।

१०. थेसिसकै च्याप्टरबाट sentence कपी-पेष्ट गरेर कहिल्यै Abstract नबनाउनु होला । कुरा उही भएपनि भाषा फरक पार्नुहोला।

११. थेसिसको Abstract ३०० शब्द भन्दा बढी नसोच्नुहोला, त्यसको विस्तृत अगिल्लो पाठमा दिइएको छ।

१२. तपाइंको Abstract पढ्दा पाठकलाई कहीं कतै अड्केको वा, flow नपुगेको वा केही कुरा नबुझेको जस्तो भान नहोस भन्नाका खातिर थेसिस बुझाउनु अगी Abstract धेरै पटक आफैं पढ्नुहोस र आफूले विश्वास गरेका सहपाठी वा प्रोफेसर सँग राय लिनुहोस्।

१३. Abstract मा पृष्ठभूमि एकदमै कम गर्नुहोस।

१४. Abstract मा कुनै पनि Literature cite नगर्नुहोस।

१५. Abstract मा कुनै चित्र वा टेबुल नराख्नुहोस।

(स्रोतः शिक्षाविद् डा मनप्रसाद वाग्लेको फेसबुकबाट)

Related posts

Leave a Comment